खेलकुद

    डे जोङको गोलमा हारबाट बच्यो बार्सिलोना

    जगत ठाडा मगर
    २०७८ फाल्गुन २ | बिहान ०६:११ बजे

      काठमाडौ । स्पेनिस ला लिगाअन्तर्गत आइतबार राति भएको खेलमा बार्सिलोना र स्पानोलले २–२ गोलको बराबरी खेलेका छन्।

      खेलको दोस्रो मिनेटमा नै गोन्जालेज लोपेजको गोलबाट बार्सिलोनाले अग्रता लिएको थियो। तर, ४० र ६४ औं मिनेटमा गोल गर्दै स्पानोलले खेल २–१ को अवस्थामा पुर्‍याएको थियो।

      खेलको इन्ज्युरी समयमा बार्सिलोनाका लुक डे जोङले बराबरी गोल फर्काए । आइतबार भएको खेलको इन्ज्युरी समय तनावपूर्ण बन्न पुगेको थियो। स्पानोलका २ र बार्सिलोनाका १ खेलाडीले रातो कार्ड पाए।

      यससँगै बार्सिलोना २३ खेलबाट ३९ अंकका साथमा लिगको चौथो स्थानमा उक्लिएको छ। लिगको शीर्षस्थानमा रहेको रियल मड्रिडले २४ खेलबाट ५४ अंक हात पारेको छ।

        कमेन्टहरु