कामु प्रधानन्यायाधीश कार्कीले बोलाए आज सर्वोच्चमा ‘फुलकोर्ट’ बैठक

जगत ठाडा मगर
२०७८ फाल्गुन २ | बिहान ०६:११ बजे

काठमाडौँ, फागुन २ । महाअभियोग लागेर प्रधानन्यायाधीश निलम्बनमा पर्न साथ कामु प्रधानन्यायाधीशको जिम्मेवारी पाएका दीपककुमार कार्कीले सर्वोच्चमा ‘फुलकोर्ट’ बैठक बोलाएका छन ।
चोलेन्द्रशमशेर राणा निलम्बित भएपछि कायम मुकायम प्रधान न्यायाधीश बनेका दीपककुमार कार्कीले आज सर्वोच्च अदालतको फुलकोर्ट बैठक बोलाएका हो ।
राणालाई महाअभियोग लागेपछि विकसित घटनाक्रमबारे छलफल गर्न कार्कीले फुलकोर्ट बैठक बोलाएका हुन् । पछिल्लो समय प्रधान न्यायाधीश राणाको राजीनामा माग गर्दै नेपाल बार एसोसिएसन आन्दोलनरत बनेपछि दुई धारमा बाँडिएका न्यायाधीशहरु फुलकोर्ट बैठकमा सहभागी हुने भएका हुन्।





