समाज

    जिवलाल पौडेलद्वारा “देवकी पौडेल स्मृति अक्षयकोष” स्थापना, बिद्यालय परिवारबाट धन्यवाद

    जगत ठाडा मगर
    २०७८ फाल्गुन १ | मध्यान्ह ०७:११ बजे

      सुरज नेपाली

      गुल्मी । गुल्मी शारदा माध्यामिक बिद्यालयका प्र.अ.एवं गुल्मीदरबार गाउँपालिका – ६ फर्सोवाका आदरणीय व्यक्तित्व श्री जिवलाल पौडेलले आफ्नी पुजनिय माता देवकी पौडेलको पुण्य स्मृतिमा दुई वर्ष अघि ईश्वरी माध्यामिक बिद्यालयमा रु.३५,०००/- को “देवकी पौडेल स्मृति अक्षयकोष” स्थापना गर्नु भएको थियो ।

      वहाँले विद्यालयको ५२औं वार्षिकोत्सवको अवसरमा फेरि रु.२५,०००/- थप गरि रु.६०,०००/-पुर्‍याउनु भै गरिब तथा जेहेन्दार विद्यार्थीहरुलाई प्रोत्साहन स्वरूप छात्रवृत्ति प्रदान गर्ने महानता देखाउनु भएकोमा ईश्वरी माध्यमिक विद्यालयको तर्फबाट हार्दिक आभार सहित धन्यवाद व्यक्त गरेको छ ।

        कमेन्टहरु