गोकर्णेश्वरको एक कुखुरा फर्ममा बर्ड फ्लू भेटियो

जगत ठाडा मगर
२०७८ फाल्गुन १ | मध्यान्ह ०५:११ बजे

काठमाडौं, फागुन १ । काठमाडौंको गोकर्णेश्वरमा वर्ड फ्लू भेटिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार गोकर्णेश्वर नगरपालिका– ३ को एक फर्ममा पालिएका कुखुराको नमूना परीक्षण गर्दा बर्ड फ्लु पुष्टि भएको हो ।
केन्द्रीय पशुपन्छी रोग अन्वेषण प्रयोगशाला त्रिपुरेश्वरमा गरिएको परीक्षण बर्ड फ्लू रोग पुष्टि भएको मन्त्रालयका सहप्रवक्ता डा.समीरकुमार अधिकारीले जानकारी दिए । प्रभावित क्षेत्रमा बर्ड फ्लूलाई नियन्त्रण गर्ने कार्य भइरहेको उनको भनाइ छ । ती क्षेत्रमा सतर्कता अपनाउन समेत सहप्रवक्ता डा.अधिकारीले आग्रह गरेका छन् ।
उनले भने, ‘हाल पुष्टि भएको एपी वान इन्फुलुन्जा पन्छीहरुमा संक्रमण भएको र यसले मानिसहरुलाई पनि संक्रमण गराउन सक्छ ।’





