मुख्य समाचार

    २४ घण्टामा थप ५२१ जनामा कोरोना संक्रमण पुष्टि, १० जनाको मृत्यु

    जगत ठाडा मगर
    २०७८ फाल्गुन १ | मध्यान्ह ०४:११ बजे

      काठमाडौं, फागुन १ । पछिल्लो २४ घण्टामा देशभर थप ५२१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

      स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ११५ जनाको नमुना परीक्षण गरिएको हो । सोही अवधिमा निको हुनेको संख्या भने ३९३५ जना रहेको मन्त्रालयले जनाएको छ ।

      यस्तै पछिल्लो २४ घण्टामा १० जना संक्रमितको मृत्यु भएको छ । हाल देशभर सक्रिय संक्रमित २२ हजार ५८४ जना रहेको मन्त्रालयले जनाएको छ ।

        कमेन्टहरु