देश

    कपिलवस्तुमा दुई थान भरुवा बन्दुकसहित २ जना पक्राउ

    जगत ठाडा मगर
    २०७८ फाल्गुन १ | मध्यान्ह ०३:११ बजे

      कपिलवस्तु । कपिलवस्तुको बाणगंगा नगरपालिका–२ मनकामना सामुदायिक वनबाट दुई थान भरुवा बन्दुकसहित दुई जना पक्राउ परेका छन् ।

      पक्राउ पर्नेहरूमा अर्घाखाँची सितगंगा नगरपालिका–१४ का ५० वर्षीय वीरबहादुर सोमै र २८ वर्षीय खेमु मगर रहेका छन् । जंगलमा केही व्यक्ति बन्दुकसहित हिँडिरहेको सूचनाको आधारमा इलाका प्रहरी कार्यालय पिपराबाट खटिएको टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।

      प्रहरीले वीर बहादुरलाई एक थान र खेमुलाई लोडेड अवस्थामा रहेको एक थान भरुवा बन्दुकसहित फेला पारेको हो । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

        कमेन्टहरु