मुख्य समाचार

    चोलेन्द्र निलम्बनमा परे लगतै दीपक कुमार कार्की कामु प्रधानन्यायाधीश

    जगत ठाडा मगर
    २०७८ फाल्गुन १ | मध्यान्ह ०२:११ बजे

      काठमाडौं, फागुन १ । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा महाअभियोग प्रस्ताव दर्तासँगै निलम्बनमा परेपछि सर्वोच्चका वरिष्ठतम् न्यायाधीश दीपक कुमार कार्कीले कायम मुकायम प्रधानन्यायाधीशको जिम्मेवारी सम्हाल्ने भएका छन् ।

      प्रधानन्यायाधीशको अनुपस्थितिमा वरिष्ठतम् न्यायाधीशले कार्यसम्पादन गर्ने परम्पराअनुसार कार्कीले जिम्मेवारी पाउने भएका हुन् । महाअभियोगको टुंगो नलागेसम्म निलम्बनमा रहने र कुनै कामकारवाही गर्न नपाउने संवैधानिक व्यवस्था भएकाले कार्कीले कामुको जिम्मेवारी पाउने भएका हुन् ।

        कमेन्टहरु