सर्वोच्चमा माधव नेपालसहित १४ सांसदविरुद्धको मुद्दाको सुनुवाइ सुरु

जगत ठाडा मगर
२०७८ फाल्गुन १ | मध्यान्ह ०१:११ बजे

काठमाडौ, फागुन १ । नेकपा एमालेले आफूले कारबाही गरेका माधवकुमार नेपालसहित १४ जना सांसदविरुद्ध दर्ता गरेको मुद्दाको सुनुवाइ सुरु भएको छ।
एमालेले आफूले कारबाही गरेका सांसदलाई पदमुक्त नगरी उनीहरुकै सनाखतबाट नयाँ दल दर्ता भएको भन्दै दर्ता गरेको मुद्दाको सुनुवाइ न्यायाधीश ईश्वर खतिवडा र कुमार रेग्मीको इजलासमा हुँदैछ । कारवाही गरेका व्यक्तिले एमाले विभाजन गराउनु गैरकानुनी भएको दाबी एमाले अध्यक्ष केपी शर्मा ओलीले दायर गरेको रिटमा उल्लेख छ।
एमालेले साउन २५ को केन्द्रीय कमिटी बैठकको निर्णयअनुसार माधव नेपालसहित १४ सांसदलाई निष्कासन गरेको पत्र भदौ १ गते संसद सचिवालय र निर्वाचन आयोगमा पठाएको थियो । कानूनबमोजिम पार्टीले प्रक्रिया पूरा गरेर निष्कासन गरेका सांसदहरुलाई सभामुखले पदमुक्त गरेको सूचना टाँस्नुपर्ने माग गर्दै एमालेले लगातर सदन अवरोध गरिरहेको छ ।





