त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट चार किलो अवैध सुनसहित चिनियाँ नागरिक पक्राउ

जगत ठाडा मगर
२०७८ फाल्गुन १ | मध्यान्ह ०१:११ बजे

काठमाडौं, फागुन १ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट चार किलो सुनसहित चिनियाँ नागरिक पक्राउ परेका छन् । शनिबार बिहान दुवैबाट हिमालयन एयरलाइन्सको जहाजमा काठमाडौं आएका चिनियाँ नागरिक पक्राउ परेको त्रिभुवन अन्तर्राष्ट्रिय भन्सार कार्यालयले जनाएको छ ।
चिनियाँ नागरिक झांग लिले विमानस्थलको भन्सार कार्यालयलाई छलेर अगाडी बढेका थिए । उनीमाथि शंका लागेर नेपाल प्रहरीको सहयोगमा चेकजाँच गर्दा ४ किलो ८४० ग्राम सुन भेटिएको भन्सार कार्यालयले जानकारी दिएको छ ।
चेकजाँचका क्रममा उनले अवैधरूपमा सुन ल्याएको पाइएपछि नियन्त्रणमा लिएर अनुन्धान अगाडि बढाइएको कार्यालयले जनाएको छ ।





