बुटवलस्थित एभरेष्ट बोर्डिङ स्कुलको बस दुर्घटना, १० जना विद्यार्थी घाइते

जगत ठाडा मगर
२०७८ फाल्गुन १ | मध्यान्ह ०१:११ बजे

बुटवल, फागुन १ । बुटवलस्थित ज्योतीनगरमा स्कुल बस दुर्घटना भएको छ । स्कुल बस दुर्घटना हुँदा १० जना विद्यार्थी घाइते भएका छन् ।
बुटवल महानगरपालिका–१० स्थित एभरेष्ट बोर्डिङ स्कुलको लु १ क ५४४ नम्बरको बस दुर्घटनामा परेको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायव उपरीक्षक ढगबहादुर केसीले बताए ।
बुटवलस्थित ज्योतीनगरको ओरालोमा ब्रेक फेल भएकाले बसलाई रुखमा ठोकाएर विद्यार्थी बचाएको स्थानीयवासीले बताएका छन् ।
घाइते सबै विद्यार्थीहरुलाई उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पतालमा लगिएको छ ।





