पूर्व सहायकमन्त्री शाहको निधन

जगत ठाडा मगर
२०७८ फाल्गुन १ | मध्यान्ह १२:११ बजे

बुटवल, फागुन १ गते । जाजरकोटका पाका राजनीतिज्ञ एवं पूर्वआपूर्ति सहायक मन्त्री तेजविक्रम शाहको निधन भएको छ ।
नेपालगञ्ज उपचार गराइरहनुभएका ९१ वर्षीय पूर्व सहायक मन्त्री शाहको निधन भएको हो ।पूर्वसांसद गोविन्दविक्रम शाहका बुवा पूर्वसहायक मन्त्री शाहको दाहसंस्कार जाजरकोटको भेरी नगरपालिका १ स्थित शिवालय घाटमा आजै हुने भएको छ ।
उहाँको पारिवारिक स्राेतले दिएको जानकारी अनुसार शाहको निवासमै श्रद्धान्जली कार्यक्रमको आयोजना गरिएको छ । पटक पटक जिल्ला सभापति भएर २०४५–०४६ सालमा तत्कालीन आपूर्ति सहायक मन्त्री बन्नुभएको थियो ।





