अर्थ

    आज सुनको मूल्य तोलामा १५०० बढ्यो

    जगत ठाडा मगर
    २०७८ फाल्गुन १ | बिहान ११:११ बजे

      काठमाडौं । साताको पहिलो दिन आइतबार सुनको भाउ प्रतितोलामा एक हजार ५०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुनको मूल्य तोलाको ९५ हजार ५०० रुपैँया कायम भएको छ ।

      अघिल्लो साताको अन्तिम दिन शुक्रबार छापावाल सुन तोलाको ९४ हजार रुपैयाँमा कारोबार भएको थियो । यसैगरी, आइतबार तेजावी सुनको मूल्य तोलाको ९५ हजार निर्धारण भएको छ । साताको पहिलो दिन आइतबार चाँदीको मूल्य पनि प्रतितोलामा २० रुपैँयाले बढेको छ ।

      शुक्रबार एक हजार २८० रुपैयाँमा कारोबार भएको चाँदी आइतबार एक हजार ३०० रुपैयाँ निर्धारण गरिएको महासंघले जनाएको छ ।

        कमेन्टहरु