मुख्य समाचार

    प्रधानन्यायाधीश विरुद्ध बारको आन्दोलन आजदेखि फेरि सुरु

    जगत ठाडा मगर
    २०७८ फाल्गुन १ | बिहान १०:११ बजे

      काठमाडौँ, फागुन १ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको बहिर्गमनको माग गर्दै आन्दोलनरत नेपाल बार एशोसिएसनले आन्दोलनलाई आजदेखि पुनः निरन्तरता दिने भएको छ ।

      कोभिड महामारीको कारण देखाउँदै पछिल्लो समयमा ‘भर्चुअल’ माध्यमवाट आन्दोलन गर्दै आएको बारले आइतबार भौतिक उपस्थितीमै पुनः आन्दोलन गर्ने भएको हो । ‘फागुन १ गते देखी बिहान ११ः०० बजे देखी १२ बजेसम्म सर्वोच्च अदालत केन्द्रित आन्दोलन कार्यक्रम भौतिक रुपमा निरन्तर जारी रहने’ महासचिव लीलामणि पौडेलले जानकारी दिए ।

      उनका अनुसार विगत १ सय ७ दिन देखी न्यायपालिकाको शुद्धीकरण र सुदृढीकरणको लागि न्यायाधीश हरिकृष्ण कार्कीको संयोजकत्वको प्रतिवेदनको कार्यान्वयन र प्रधानन्यायाधीश राणाको राजीनामा माग पुरा नभएसम्म आन्दोलन जारी रहने छ ।

        कमेन्टहरु