खाेटाङका प्रायजसाे सडकहरुले स्तरउन्नति र मर्मतका लागि बाटाे कुर्दै, उप्किएकाे पिचकाे पनि गरिएन मर्मत


दिपेश श्रेष्ठ
खाेटाङ। देस संघियतामा तर्फलगेपछि देसकाे हरेक स्थानिय निकायहरुमा बिकासकाे कामहरु द्रुत गतिमा अघि बढेकाे कुरा सर्वब्यतित नै छ। एमालेकाे ४१ महिने सरकारमा सहभागी विभिन्न राजनिति बिचारधारा बाेकाेका अलग अलग पार्टिबाट प्रतिनिधित्व गरेपनि बिकास भने सबै जनप्रतिनिधिहरुले आफ्नै क्षेत्रमा गरे र अहिले पनि गरिरहेकै अवस्था छ।
५ बर्षे कार्य अवधि सहित निर्वाचित जनप्रतिनिधिहरुकाे कार्यकाल सकिनैलाग्दा र आगामि निर्वाचनकाे मिति समेत ताेकिसकेकाे अवस्थामा खाेटाङकाे प्राय सबै स्थानिय निकायहरुमा पनि बिकासका कामहरुले निरन्तरता पाई रहेकाे देखिन्छ। भुगाेल,जनसंख्या र मतदाताकाे संख्यात्मकतालाई मध्यनजर गरि ८ वटा गाउँपालिका र २ वटा नगरपालिकामा समेटियकाे याे जिल्लामा बिशेषत एमाले सम्बद्द जनप्रतिनिधिहरुकाे अग्रता छ भने नेपाली काँग्रेस पछि माओवादीकाे जनप्रतिनिधिहरुले स्थानिय निकाय समालेकाे छ।
केहिदिन अघिकाे स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङकनकाे एउटा तथ्यांकअनुसार दिप्रुङ चुइचुम्मा गाउँपालिका पहिलाे र हलेसि तुवाचुङ नगरपालिका दाेश्राे हुन सफल भएकाे छ । स्थलगत भ्रमणकाे आाधारमा हेर्नाेहाे भने सबै स्थानिय निकायमा सडक संजाल बिस्तार छन्। तर, कति पालिका सम्म पुग्ने सडकहरुभने बेवारिसे जस्तै देखियाे। खाेटाङकाे लागि पुरानाे बजार मानिने ऐसेलुखर्क जसमा अन्य पालिका तथा नगरपालिकाहरुकाे तुलनामा ऐसेलुखर्क गाउँ पालिकाले खासै सडक सञ्जाल बिस्तारमा प्राथमिकता नदिएकाे हाे कि भन्न सकिन्छ। कति स्थानिय निकायहरुमा बिकासका कामहरुले सुरुगरेर पनि पुर्णता न पाउनाेमा फरक पार्टिहरुबाट निर्वाचित जनप्रतिनिधिहरुकाे मन नमिलेर हाे कि भन्ने आँकलन पनि गर्न सकिन्छ।
स्थानिय जनताकाे संकलित करकाे सहि सधुपयाेग नहुँदा ऐसेलुखर्कका नागरिकहरुले पालिकाकाे आफ्नै पालिका भवन अलपत्र मात्र परेन ठेक्कानै खारेज भयाे, याे काण्डमा पालिका प्रमुखकाे लापर्वाहि भयाे भन्ने स्थानिए नागरिक तथा पालिकाका लागि राजनितिकदलका प्रतिनिधिहरुकाे दुखेसाे छ।
उता रावावेसि गाउँ पालिकामा भने सुरुका दिनहरुका पालिका कार्यालयकाे बिषयमा केही बिबाद रह्याे खार्पा या हरमटार भनेर तर अन्तमा अध्यक्षकाे समन्वयमा हरमटार कायम गरियाे र बिकासका काममा याे पालिका पनि द्रुतगतिमा रहेकाे छ। नुनथला देखि पालिका भवन अवस्थित हरमटार र बिजुले हुँदै लामिडाडा , खार्पाबाट पालिका कार्यालय पुग्ने सडकहरुमा भयका खाेला खाेल्सा तथा भत्किएकाे ढिस्काकाे माटाे पन्छाउन सम्म पहिलाे प्राथमिकतामा रहने गरेकाे बताउछन अध्यक्ष लिलिनाथ निराैला।
दिक्तेलबाट खानिडाडाहुँदै साप्सु झर्ने बाटाेकाे दुर्गति देख्दा र दिक्तेलकाे त्रिवेणि चाेककाे बाटाे ढलानमा खासै चासाे नदिएकाे दिक्तेल रुपाकाेट मझुवागढी नगरपालिका भने हलेसि हुँदै जिल्ला सदरमुका जाेड्ने कालाे पत्रेसडककाे भरमा रहेकाे देखिन्छ। नगरपालिका कार्यालय नजिककाे जिल्ला अस्पताकाे वालसमेत गुणस्तरहिन हुँदा केहिदिन अघि भतकिएकाे छ र हाल पुन:निर्माणकाे हुँदै छ।
१५ वडामा सम्मिलित याे नगरपालिकाकाे सबै वडामा पक्कि स्वास्थयचाैकि र वडाकार्यालयहरु स्थापना भने पुर्णरुपले गरिसकिएकाे छ ।यस्मापनि बिबादभने रह्याे,विभिन्न वडाकार्यालयहरुमा पानी चुहियकाे जानकारि छ। सडक सञ्जालले जाेडएपनि नामकै मात्र मान्न सकिने खाेटेहाङ गाउँपालिका पनि भन्न सकिन्छ,जसमा बिकासकाे पर्याबाचि मानिने माननीय विशाल भट्टराईकाे घर हाे भने जिल्लाकाे पुरानाे सदरमुकामले पनि बिकासका कामहरु राम्राे हाेला भन्ने आशागर्न सकिन्छ।
जति आशा गरिन्छ तर त्यतिमात्रामा सडक सञ्जालकाे बिकास देखिन्न। हिङ नभएपनि हिङबाँधेकाु टालाे भने झै जिल्लामै पहिलाे बाणिज्य बैंककाे साखाकाे सुबिधा समेत पाएकाे उक्त पालिकामा सडक सञ्जामा सुधारकाे काम किन भएन ? कि गर्न नचाहेकाे हाे भन्ने गुनासाे स्थानिएकाे छ।
समग्र जिल्लाकाे भुगाेल बिकासलाइ हेर्ने हाेभने संघियताले बिकास भएकाे देखियपनि दिर्घकालिन बिकासभने भएकाे देखिन्न। ३ बर्षमा निर्माणकार्य सम्पन्न गर्ने भनी सुरु गरिएकाे उदयपुर र खाेटाङ जाेड्ने फाेक्सिनिटारकाे माेटरेवलपुल १० बर्ष बितिसक्दा सम्म काम सम्पन्न भएन । एमालेकाे सरकार हुँदा काँग्रेसले गर्नदिए भन्याे अहिले एकालेले बिगारेकाे कामभनेर आपसमा पार्टि नेताकाे मुखले मात्रकामगरिँदा स्थानिय जनता आजित छन्।
पुर्वकाे पशुपतिनाथकाे नामले चर्चित हलेसि माहादेब मन्दिरसमेत रहेकाे हलेसि तुवाचुङ नगरपालिकाले नगर भित्रकाे अधिकाङ्स वडाहरु सम्म पुग्ने सडक सन्जलहरु बिस्तार गरेपनि पुन: निर्माणका काममा भने खास प्राथमिकता नदिएकाे भन्न सकिन्छ। जयरामघाट बाट हलेसि सम्मकाे पुरानाे पिचहरु बिग्रिएर परेकाे खाल्डाखुलडिहरुमा माटाे नभर्नाेर ,पहिराेले खसेकाे माटाहरुपनि बाटाेमा यत्रतत्र रहनाले हलेसि मन्दिर दर्शनमा आउने दर्शनार्थिहरुले बाटाेकाे गुनासाे हरेकाे पाइयाे।
प्राय सबै सथानिय निकायहरुकाे आफनै एम्बुलेन्स रहेपनि याे समस्याबाट अलग रहेकाे केपिलासगढी गाउँ पालिका, सडक सञ्जालले पालिका सम्म जाेडियपनि पुननिर्माणमा प्राथमिकता कम देखिने याे पालिकाले केही दिनअघि मात्र एम्बुलेन्स खरिद गरेकाे छ। सबैजसाे स्थानिय निकायहरुकाे कार्यालय र वडा कार्यालय सम्म पुग्ने सडकहरु किन समयमै मर्मत हुँदैन भन्ने जिज्ञासा।





