मधेश प्रदेशमा आज सार्वजनिक बिदा

जगत ठाडा मगर
२०७८ फाल्गुन १ | बिहान ०७:११ बजे

जनकपुर । मधेस प्रदेश सरकरले आज प्रदेशभरी सार्वजकि बिदा दिएको छ।
माओवादी सशस्त्र विद्रोह सुरु भएको दिनका अवसरमा सार्वजनिक बिदा दिएको आन्तरिक मामिला तथा सञ्चारमन्त्री भरत साहले बताए।
२०५२ फागुन १ गते माओवादीले सशस्त्र संघर्ष सुरु गरेको थियो। माओवादीले जनयुद्ध दिवसका रुपमा मनाउने गरेको छ।
यससँगै सशस्त्र विद्रोहमा ज्यान गुमाएका परिवारलाई तीन लाख अनुदान दिने निर्णय भएको उनले बताए। पहिलो चरणमा आज एक लाख प्रदान गरिने भएको छ।





