देश

    चोरीमा संलग्न दुई जना हतियारसहित पक्राउ

    जगत ठाडा मगर
    २०७८ फाल्गुन १ | बिहान ०७:११ बजे

      बाँके । बाँके र बर्दिया क्षेत्रमा चोरी धन्दामा संलग्न दुई भारतीय नागरिकलाई बाँके प्रहरीले हतियारसहित पक्राउ गरेको छ।

      इलाका प्रहरी कार्यालय खजुराखुर्दबाट खटिएको प्रहरी टोलले कटुवा पेस्तोलसहित उनीहरुलाई शनिबार पक्राउ गरेको थियो।

      भारतको रुपैडिहास्थित निबिया निवासी २६ वर्षीय डल्लु मनिहार र बाबागञ्ज निवासी २८ वर्षीय निजामुद्दिन कवडियालाई जानकी गाउँपालिका–५ बुढियागाउँबाट एक थान कटुवा पेस्तोलसहित नियन्त्रणमा लिएको बाँके प्रहरीले जनाएको छ।

      त्यस्तै, यही माघ १७ गते बाँके खजुरा गाउँपालिका–४ डिगाउँ निवासी सुन व्यवसायी हरिप्रकाश विकको घरबाट रु ५० हजार नगद, साढे तीन तोला सुन र २२० सिसीको पल्सर मोटरसाइकल चोरी पनि उनीहरुले गरेको प्रहरीको भनाइ छ।

        कमेन्टहरु