आज पश्चिमी वायुको सामान्य प्रभाव, देशभर मौसम सफा रहने

जगत ठाडा मगर
२०७८ फाल्गुन १ | बिहान ०७:११ बजे

काठमाडौं । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। प्रदेश १, बाग्मती, गण्डकी तथा लुम्बिनी प्रदेशको पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रही बाकी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रहेको छ।
तराईका केही भूभागमा हुस्सु कुहिरो रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आइतबार देशभर आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ।
सोमबार पनि मौसम सामान्यतया सफा नै रहनेछ। मंगलबार भने देशको पहाडी भूभागमा आंशिक देखि सामान्य बदली बाकी भूभागमा आंशिक बदली देखि मौसम सामान्यतया सामान्यतया सफा रहनेछ। उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।





