झापामा माछा मार्ने क्रममा करेन्ट लागेर एक जना मृत्यु

जगत ठाडा मगर
२०७८ माघ २९ | मध्यान्ह ०८:१० बजे

झापा। झापाको मेचीनगर नगरपालिका–१३ स्थित फुलबासा खोलामा करेन्ट लगाएर माछा मार्ने क्रममा आज एक व्यक्तिको मृत्यु भएको छ।
मृत्यु हुनेमा सोही वडाका सुगम टोल निवासी ५० वर्षीय मानबहादुर बराइली रहेको मेचीनगर–१३ का वडाध्यक्ष कृष्णराज सिग्देलले बताउनुभयो।
खोलामा करेन्ट लगाएर माछा मार्ने क्रममा आज साँझा करेन्ट लागेर उहाँको निधन भएको हो। सो घटनाबारे इलाका प्रहरी कार्यालय धुलाबारीलाई जानकारी गराइसकिएको उहाँले बताउनुभयो।





