देश

    पाँचथरको यासोक बजारमा आगलागी

    जगत ठाडा मगर
    २०७८ माघ २९ | मध्यान्ह ०८:१० बजे

      पाँचथर । पाँचथरको कुम्मायक गाँउपालिकाको केन्द्र यासोक बजारमा केहीबेर अघिबाट आगलागी भइरहेको छ।

      प्रहरीका अनुसार बजारको बीचमा भएको झरेन्द्र खतिवडाको घरबाट आगलागी सुरु भएको हो।

      आगलागी नियन्त्रणका लागि स्थानीयबासी जुटेका छन्। फिदिम नगरपालिकाबाट सञ्चालित दमकल यासोकतर्फ पठाइएको प्रहरीले जनाएको छ।

       

        कमेन्टहरु