यदु पत्रकारिता पुरस्कार रूकुमका पत्रकार महेश केसीलाई

जगत ठाडा मगर
२०७८ माघ २९ | मध्यान्ह ०७:१० बजे

काठमाडाैं, माघ २९ । यस वर्षको यदु स्मृति पत्रकारिता पुरस्कार रूकुमका पत्रकार महेश केसीलाई प्रदान गर्ने निर्णय भएको छ ।
यदु स्मृति प्रतिष्ठान पुरस्कार सिफारिस समितिको बैठकले रुकुमका पत्रकार केसीलाई पुरस्कार दिने निर्णय गरेको समितिका संयोजक सूर्य थापाले जानकारी बताए । समितिको सदस्यमा तीर्था गौतम र सदस्यसचिव रूद्र खड्का रहेका छन् । यदु स्मृति दिवसमा प्रदान गरिने सो पुरस्कारको राशि १५ हजार रुपैयाँ रहेको छ ।
२०५९ सालदेखि प्रतिष्ठानले हत्या, हिंसा र अराजकताविरुद्ध तथा शान्ति, सुशासन र अमनचयनको पक्षमा कलम चलाउने पत्रकारलाई सो पुरस्कार प्रदान गर्दैँ आइरहेको छ ।





