सुर्यदय प्राबिमा अध्यनरत विद्यार्थीहरुलाई न्यानो कपडा बितरण

जगत ठाडा मगर
२०७८ माघ २९ | मध्यान्ह ०३:१० बजे

दोलखा । दोलखा जिल्लाको कालिन्चोक गाउँपालिका – १ मा रहेको सुर्यदय प्राबिमा अध्यनरत विद्यार्थीहरुलाई न्यानो कपडा बितरण गरिएको छ ।
समाजसेबी रिता श्रेष्ठको आर्थिक सहयोग र टेकेन्द्र श्रेष्ठ, राजकुमार श्रेष्ठ, ज्ञानबहादुर श्रेष्ठ र लाक्पा शेर्पाको विशेष पहलमा उक्त बिद्यालयमा अध्यनरत ३० जना विद्यार्थी भाईबहिनिहरुलाई न्यानो कपडा बितरण गरिएको हो ।
न्यानो कपडा बितरण कार्यक्रममा वडा अध्यक्ष बाबुलाल थामी र बिद्यालयका शिक्षक वीर बहादुर थामीले सहयोगदाताहरुलाई यो कार्य सह्रयनिय भएको भन्दै धन्यवाद दिएका छन ।





