देश

    सर्लाहीमा करेन्ट लागेर एक मजदुरको मृत्यु, एक घाइते

    जगत ठाडा मगर
    २०७८ माघ २९ | मध्यान्ह ०१:१० बजे

      सर्लाही, माघ २९ । सर्लाहीको बागमती नगरपालिका–२, धरहरामा शनिबार करेन्ट लागेर एक मजदुरको मृत्यु भएको छ, भने एक जना घाइते भएका छन् ।

      शनिबार बिहान १०ः३० बजेतिर धरहराका स्थानीय कुमार परियारको घरको छत ढलानको लागि रड सेटिङ गर्ने क्रममा बिजुलीको तारमा रडले छुदा सोही नगरपालिका–८, खजुरेका २५ वर्षीय रामु महतोलाई करेन्ट लागेको हो ।

      करेन्ट लागेर गम्भीर घाइते भएका महतोलाई उपचारका लागि हरिवनस्थित जीवन अस्पताल पुल्याउदा चिकित्सकले मृत घोषणा गरेको इलाका प्रहरी कार्यालय हरिवनले जनाएको छ ।

      यसैगरी महतोलाई बचाउने क्रममा घाइते भएका अर्का मजदुर सोही स्थानकै २१ वर्षीय दीपक कुमार महतोको उपचार भइरहेको छ । घाइते दीपकको अवस्था भने सामान्य रहेको प्रहरीले जनाएको छ ।

        कमेन्टहरु