राजनीति

    सत्तारुढ दलका तीन शीर्ष नेताहरु छलफलमा

    जगत ठाडा मगर
    २०७८ माघ २९ | मध्यान्ह १२:१० बजे

      काठमाडौं । सत्ता साझेदार दलका तीन शीर्ष नेताहरु छलफलमा जुटेका छन् ।

      प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल छलफलमा जुटेका हुन् ।

      प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सुरु भएको बैठकमा अमेरिकी सहयोग परियोजना (एमसीसी), स्थानीय तहको निर्वाचन तथा चुनावी गठबन्धनलगायत विषयमा केन्द्रीत रहेर छलफल गरिने स्रोतले बताइएको छ ।

        कमेन्टहरु