नेपालले टस जितेर युएईविरुद्ध फिल्डिङ गर्दै

जगत ठाडा मगर
२०७८ माघ २९ | मध्यान्ह १२:१० बजे

काठमाडौं । चारदेशीय आईसीसी टी–२० शृङ्खलाको दोस्रो खेलमा नेपालले संयुक्त अरब इमिरेट्स (युएई)विरुद्ध टस जितेर पहिला फिल्डिङ रोजेको छ ।
ओमानको मस्कटस्थित अल अमेरत क्रिकेट स्टडियममा १ः४५ मा सुरु हुने खेलका लागि नेपालले टोलीमा तीन जना खेलाडी परिवर्तन गरेको छ । अविनास बोहरा, सागर ढकाल र प्रदिप एरिलाई बेन्चमा राख्दै लोकेश बम, साहब अलाम र जितेन्द्र मुखियालाई मौका दिइएको छ ।
पहिलो खेलमा नेपालले ओमानलाई ६ विकेटले पराजित गरेको थियो । अन्तिम खेलमा नेपालले आयरल्यान्डसँग सोमबार प्रतिस्पर्धा गर्नेछ ।





