बोनम्यारो पीडित पाल्पाकी सर्मिलालाई आर्थिक अभावमा उपचारमा समस्या, सहयोगको अपिल


पाल्पा । मानिसकाे जीवनमा कहिले सुख अनि कहिले दुख पर्छ । त्यसैले त भन्ने गरिन्छ, सुख अनि दुख मानिसका दुई भाइ हुन । यस्तै दुख र पिडाकाे घटना घटेको छ, पाल्पाको तानसेन नगरपालिका वडा न ८ मदनपाेखराकी सर्मिला ठाडाकाे घरमा, सर्मिला ठाडाले विगत एक बर्ष अगाडि मदनपाेखरा निवासी विकास ठाडासँग बैवाहिक जीवनमा बाधिएकी थिइन ।
श्रीमान विकास ठाडाले घर बनाउने काम गर्थे । राेजगारीबाट प्राप्त गरेको अाम्दानीबाट घरपरिवार चलेकै थियाे । उसाे त विकासको घर परिवार पनि सम्पन्न छैन । विकास सानाे हुदै बाबुकाे मृत्यु भएको र अामा अपांग भएकै कारण राम्रोसँग शिक्षा हासिल गर्न पाएनन । हाल विवाह गरेर दुख सुख गरि जीविकोपार्जन गरि बस्ने अासले विवाह गरेको बताउने ठाडाकाे परिवारमा ठुलाे बज्रपात अाइपरेको छ ।
ठाडाले विगत एक बर्ष अगाडि सर्मिलासँग विवाह गरेको थिए । हाल श्रीमतीलाई बोनम्याराेकाे क्यान्सर देखिएपछि परिवारकाे बिचल्ली भएको छ । विवाह गरिसके पश्चात् हाल एउटा छाेरीकाे समेत सर्मिलाले जन्म दिईसकेकी छन । श्रीमान विकासका अनुसार छाेरी पेटमा हुदा देखि नै उनलाई स्वास्थ्य समस्या देखा पर्याे, त्यस पश्चात् उपचारकाे लागि पाल्पा मिसन अस्पताल, लुम्बिनी मेडिकल देखि बुटवल, भैरहवासम्म पुगि स्वास्थ्य उपचार गर्दा समेत राेग पत्ता नलागेपछि काठमाडौ परिक्षण गर्दा श्रीमतीलाई बोनम्याराेकाे क्यान्सर देखा परेको बताउनुभयो ।
गर्भवती महिलाले बच्चा जन्माए पश्चात् छाेरा छाेरीकाे उचित हेरचाह गर्ने गर्दछन । तर सर्मिला ठाडा बोनम्याराेकाे क्यान्सर पिडीत भए पश्चात् उक्त नावालक छाेरीलाई लिएर अस्पतालकाे बेडमा मृत्युुसँग लडिरहेको श्रीमान विकास ठाडाले बताउनुभयो ।
हाल काठमाडौकाे सिभिल अस्पतालमा उपचार गरिरहेकी सर्मिलाकाे उपचारका लागि झण्डै ११ लाख रकम खर्च भइसकेको श्रीमान विकास ठाडाले बताउनुभयो । घरमा बुढी अामा, अाफु र श्रीमती रहेको बताउने ठाडाले हाल ज्याला मजदुर गरि कमाएको रकम उपचारमा खर्च भएको र अार्थिक अवस्था कमजाेर भएका कारण उपचारम आर्थिक समस्या भएको बताउनुभयो । अामा पनि शारीरिक रूपमा अपांग अाफु श्रीमती उपचारमा हिड्दा परिवारकाे विचल्ली भएको बताए ।
हाल श्रीमतीलाई अस्पताल भर्ना गरिरहेकाे र बोनम्याराेकाे क्यान्सरले गर्दा श्रीमतीलाई हप्ताकाे तीन पटकसम्म रगत चढाउनु पर्ने अवस्था रहेको बताए । पाल्पा, बुटवलका अस्पतालमा उपचार गर्दा धेरै रकम खर्च भइसकेको बताउने ठाडाले हाल काठमाडौकाे सिभिल अस्पतालमा उपचार गराउदा अाफुसँग भएको रकम सकिएकाे र डाक्टरले भारतमा श्रीमतीलाई उपचार गर्न सके राम्रो हुने सल्लाह दिएकाले उपचारकाे लागि भारत लाने तयारी गरे पनि अार्थिक अभावका कारण उपचार गर्न लान नसकेको श्रीमान ठाडाले बताए ।
सर्मिला ठाडालाई बोनम्याराेकाे क्यान्सर देखा परे पश्चात् धेरै अस्पताल पुर्याउदा राेग पत्ता नलागेको र काठमाडौ सिभिल अस्पताल परिक्षण गर्दा क्यान्सर देखा परेको र उपचार भइरहेको स्थानीय पदम रानाले बताउनुभयाे । अाफुहरू सक्दाे सहयोग गरिरहेकाे बताउने रानाले उपचारकाे लागि अझै धेरै रकम अावश्यक रहेकोले सानाे सानाे सहयोग गर्न सके उपचारमा सहयोग पुग्ने बताउनुभयो ।
बिकासले श्रीमतीको उपचारको लागि स्वदेश तथा विदेशबाट सानाे सानाे सहयोग प्राप्त गरेमा श्रीमतीलाई बचाउन सक्ने भएकोले सक्दाे सहयोग गरिदिन आम नेपाली दाजुभाई, बुबाआमा र दिदिबहिनीहरु संगअपिल गरेका छन ।
सहयोगका लागि सम्पर्क नम्बर : 9840953449 / 9867934580
बैंक खाता नम्बर : R507010127929 (ग्लोबल आईएमई बैंक)
बिकास ठाडा





