देश

    दाङको चिसापानीमा भारतीय जन्ती सवार जीप दुर्घटना हुँदा २२ जना घाइते

    जगत ठाडा मगर
    २०७८ माघ २९ | बिहान ०९:१० बजे

      रुपन्देही । दाङको चिसापानीमा भारतीय जन्ती सवार जिप दुर्घटना हुँदा २२ जना घाइते भएका छन् । घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

      जिल्ला प्रहरी कार्यालय दाङका अनुसार घाइते सबैको लमहीमा उपचार भइरहेको छ ।

      भारतको उत्तर प्रदेशको शङ्करपुरबाट दाङको राजपुर खरदरियामा बेहुली लिन आउँदै गरेको जीप शुक्रबार राति गढवा गाउँपालिका–५ चिसापानीमा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

        कमेन्टहरु