देश

    कालीगण्डकी करिडोरको थासाङ खण्ड फागुन १ गतेदेखि दैनिक चार घण्टा बन्द हुने

    जगत ठाडा मगर
    २०७८ माघ २९ | बिहान ०८:१० बजे

      म्याग्दी । कालीगण्डकी करिडोरको बेनी–जोमसोम–थासाङ खण्ड आगामी फागुन १ गतेदेखि दैनिक चार घण्टा बन्द हुने भएको छ ।

      मुस्ताङका सहायक प्रमुख जिल्ला अधिकारी रामचन्द्र ढकालले करिडोरअन्तर्गत बेनी–जोमसोम खण्ड रहेको मुस्ताङको थासाङ गाउँपालिकामा सडक चक्लाबन्दी गर्न लागिएकाले १ गते आइतबारदेखि उक्त सडक खण्ड बन्द गर्ने निर्णय गरिएको बताए । जिल्ला सुरक्षा समितिको निर्णयबाट फागुन १५ गतेसम्म सडक दैनिक चार घण्टा बन्द गर्ने निर्णय गरिएको हो ।

      कालीगण्डकी करिडोरको बेनी–जोमसोम सडकखण्ड हिमालपारिको जिल्ला मुस्ताङलाई जोड्ने एकमात्र सडक हो । थासाङ गाउँपालिका–४ मा रहेको काभ्रे र बादरजुङ भिरको कडा चट्टानलाई नेपाली सेनाले विस्फोटक पदार्थको प्रयोग गरी सडक चौडा बनाउने योजना छ ।

      बिहान १० देखि दिउँसो ४ बजेसम्म सबै प्रकारका सवारी साधन प्रयोग बन्द गरिने भएको छ ।

        कमेन्टहरु