कैलालीमा लागुऔषधसहित ३ जना पक्राउ

जगत ठाडा मगर
२०७८ माघ २९ | बिहान ०७:१० बजे

कैलाली । कैलालीमा प्रहरीले लागुऔषधसहित ३ जनालाई पक्राउ गरेको छ ।
कैलालीको धनगढी उपमहानगरपालिका ३ शहीद गेटस्थित शहीद गेटबाट बोराडाडीतर्फ जाँदै गरेको ध.उ.म.न.पा. ६८६ नम्बरको अटोमा लुकाई छिपाई राखेको लागुऔषध प्रहरीले फेला पारेको हो ।
धनगढी उपमहानगरपालिका –३ का एकेन्द्र बिष्टले चलाएको अटोलाई अस्थायी प्रहरी पोष्ट चटकपुरबाट खटिएको प्रहरी टोलीले शंका लाग्दा चेकजाच गरेपछि अटोको सिट मुनि लुकाई छिपाई राखेको अवस्थामा ८८ ट्याब्लेट नाईट्रोभेट र २८ ट्याब्लेट स्पास फेला परेको हो ।
अटो चालक एकेन्द्र बिष्टसहित अटोमा सवार धनगढी ३ बस्ने बर्ष २० को सुरेन्द्र कोली र सोही ठाउँका प्रकाश बिकलाई पनि नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
पक्राउ पर्ने तीनै जनालाई नियन्त्रणमा लिई लागुऔषध मुद्दामा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यलय कैलालीले जनाएको छ । ।





