ताप्लेजुङ र सोलुखुम्बुका सीडीओ फेरिए

जगत ठाडा मगर
२०७८ माघ २९ | बिहान ०७:१० बजे

काठमाडौ । सोलुखुम्बु र ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी (सीडीओ) फेरिएका छन्। गृह मन्त्रालयका प्रवक्ता सहसचिव फणिन्द्रमणि पोखरेलका अनुसार सोलुखुम्बुमा अनिल खनाल सीडीओ बनेर गएका छन् भने सोलुखुम्बुमा कार्यरत गणेश विक्रम शाहीलाई त्यहाँबाट सरुवा गरेको छ।
ताप्लेजुङमा महेश पोखरेललाई सीडीओ बनाएर पठाइएको छ। यसअघि पोखरेल सुनसरीको सहायक प्रमुख जिल्ला अधिकारी थिए।





