देश

    झापास्थित मगमग चाउचाउ उद्योगमा आगलागी

    जगत ठाडा मगर
    २०७८ माघ २९ | बिहान ०७:१० बजे

      झापा । झापाको मेचीनगर-१४ दुहागढीस्थित मनसा फुडद्वारा उत्पादित मगमग चाउचाउ उद्योगमा भीषण आगलागी भएको छ ।

      चाउचाउ उद्योगमा बिहान साढे ४ बजेबाट आगलागी भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

      आगलागीमा झापा र मोरङका ९ वटा दमकलले आगो निभाउने प्रयास भइरहेको जिल्ला प्रहर कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक वसन्त पाठकले जानकारी दिए ।

      बाँकी दुईवटा दमकल आइरहेको उनले बताए । निभाउने प्रयास भइरहेकाले क्षतिको विवरण, आगलागीको कारण खुल्न नसकेको उनले बताए ।

        कमेन्टहरु