देश

    गण्डकी प्रदेशमा गाडी भाडा बढ्यो

    जगत ठाडा मगर
    २०७८ माघ २९ | बिहान ०७:१० बजे

      पोखरा, माघ २९ । गण्डकी प्रदेश सरकारले प्रदेशभित्र चल्ने सार्वजनिक सवारी साधनको भाडा बढाएको छ। प्रदेश राजपत्रमा सूचना प्रकाशित गर्दै गाडी भाडा बढेको जनाएको छ।

      फागुन १ गतेदेखि लागू हुने गरी नयाँ भाडादर निर्धारण गरिएको प्रदेशको भौतिक पूर्वाधार, शहरी विकास तथा यातायात व्यवस्था मन्त्रालयले जनाएको छ। गण्डकी प्रदेशभित्र एक जिल्लाबाट अर्को जिल्ला गुड्ने बसमा प्रतिकिलोमिटर २ रुपैयाँ १० पैसा भाडा तोकिएको छ।

      त्यस्तै, जीपमा प्रतिकिलोमिटर साढे ५ रुपैयाँ, ट्रकमा सामान ओसार्न प्रतिकिलोमिटर प्रतिटन ११ रुपैयाँ ७२ पैसा निर्धारण गरिएको छ। यससँगै सिटी बसमा पहिलो तीन किलोमिटरभित्र २० रुपैयाँ र तीन किलोमिटरपछि प्रतिकिलोमिटर साढे २ रुपैयाँ भाडादर कायम गरिएको छ।

      photo 2022 02 11 17 32 26

        कमेन्टहरु