मुख्य समाचार

    पेट्रोलियम पदार्थको मूल्यवृद्धिविरुद्ध युवा संघको बिरोध प्रदर्शन

    जगत ठाडा मगर
    २०७८ माघ २८ | मध्यान्ह ०७:१० बजे

      काठमाडौं, माघ २८ । राष्ट्रिय युवा संघ नेपालले पेट्रोलियम पदार्थको मूल्यवृद्धि विरुद्ध प्रदर्शन गरेको छ । संघको युथ फोर्स विभागले शुक्रबार राजधानीस्थित कालिमाटी कर्नरमा प्रदर्शन गरेको हो ।

      पेट्रोलियम पदार्थलगायत वस्तुहरुको अस्वभाविक मूल्यवृद्धि विरुद्ध विरोध जुलुस निकालेको संघका अध्यक्ष किरण पोखरेलको टोलीले नेपाल आयल निगम टेकुलाई ध्यानाकर्षणसमेत गराएको छ ।

      प्रदर्शनका क्रममा युवाहरुले ‘मूल्य वृद्धि खारेज गर’ लगायत नारा लगाएका थिए । युवाहरुले हिंसात्मक अभिव्यक्ति दिने रेणु यादवलाई कारबाही गर्न पनि माग गरे । २४ लाख खोप गायव प्रकरणमा स्वास्थ्यमन्त्रीलाई कारबाही गर्नुपर्ने माग पनि राखेका थिए ।

        कमेन्टहरु