आफुलाई अघोरी बाबा बताउने शिव गिरी हत्याको आरोपमा पक्राउ

जगत ठाडा मगर
२०७८ माघ २८ | मध्यान्ह ०६:१० बजे

काठमाडौं । एक व्यक्तिको हत्या आरोपमा आफूलाई अघोरी बाबा बताउने शिव गिरी काठमाडौबाट पक्राउ परेका छन्।
नाम ठेगाना नखुलेका अन्दाजी ४० वर्षीय पुरुषको हत्या अभियोगमा गिरीलाई पक्राउ गरिएको हो । दक्षिणकाली नगरपालिका–६ फर्पिङमा बस्ने ३५ वर्षीय गिरीले चिर्पटले हानेर हत्या गरेको प्रहरीले जनाएको छ ।
चिर्पट प्रहारबाट गम्भीर घाइते भएका व्यक्तिको उपचारका क्रममा शुक्रबार बिहान वीर अस्पतालमा मृत्यु भएको हो।





