देश

    पछिल्लो २४ घण्टामा थप १,१२८ जनामा कोरोना संक्रमण, १४ जनाको मृत्यु

    जगत ठाडा मगर
    २०७८ माघ २८ | मध्यान्ह ०४:१० बजे

      काठमाडौं, माघ २८ । पछिल्लो २४ घण्टामा देशभर थप ११२८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

      स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १७ हजार ४४७ पीसीआर परीक्षणमा जम्मा ६६६ जना र तीन हजार ५४२ एन्टिजेन परीक्षणमा ४६२ जना गरी कुल ११२८ जनामा संक्रमण पुष्टि भएको हो । कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा १४ जनाको मृत्यु भएको छ ।

      त्यस्तै सोही अवधिमा दुई हजार २१५ जना कोरोना संक्रमणमुक्त भएका छन् । हाल देशभर कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या २७ हजार ४४१ जना रहेको छ ।

        कमेन्टहरु