देश

    सर्लाहीमा सशस्त्र प्रहरीद्वारा ठूलो परिमाणमा लागूऔषध बरामद

    जगत ठाडा मगर
    २०७८ माघ २८ | मध्यान्ह ०३:१० बजे

      सर्लाही, माघ २८ । सशस्त्र प्रहरी बल सर्लाहीले शुक्रबार ठूलो परिमाणमा लागूऔषध नाइट्रोभेट ट्याब्लेट बरामद गरेको छ । सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस सुन्दरपुर चोहर्वाबाट खटिएको गस्ती टोलीले सर्लाहीको बरहथवा नगरपालिका – १७, श्रीपुर कटानीबाट १२ हजार पिस नाइट्रोभेट ट्याब्लेट बरामद गरेको हो ।

      गस्ती टोलीलाई देखेपछि ना ५५ प ९२८ नम्वरको २२० सीसीको पल्सर मोटरसाइकलका चालक मोटरसाइकल छाडेर भागेका र मोटरसाइकलमा रहेको बोरा खोलेर हेर्दा ४० वटा प्याकेटमा रहेको १२ हजार पिस नाइट्रोभेट ट्याब्लेट बरामद भएको सशस्त्र प्रहरी बल नेपाल नं. १० गण सर्लाहीका प्रमुख एवं सशस्त्र प्रहरी उपरीक्षक भरत खनियाँले जानकारी दिए ।

      बरामद लागूऔषध र मोटरसाइकल आवश्यक कारवाहीका लागि जिल्ला प्रहरी कार्यालय सर्लाहीको जिम्मा लगाइएको सशस्त्र प्रहरीले जनाएको छ ।

        कमेन्टहरु