मुख्य समाचार

    बालकुमारी मन्दिरबाट चोरी भएको मूर्ति भेटिएपछि खुसीयाली

    जगत ठाडा मगर
    २०७८ माघ २८ | मध्यान्ह १२:१० बजे

      २८ माघ, काठमाडौं । ललितपुरको बालकुमारी मन्दिरबाट यही माघ ८ गते चोरी भएको मूर्ति फेला परेको छ । बालकुमारी माईको उक्त मूर्ति भेटिएपछि स्थानीयले बाजागाजा सहित सिन्दुर जात्रा गरेका छन् ।

      प्रहरीले आज बिहान खुमलटारस्थित करुणा मन्दिरको हातामा बोरामा प्याक गरेको अवस्थामा मूर्ति फेला पारेर जावलाखेल ल्याएको थियो । मूर्ति भेटिएको समाचार सार्वजनिक भएलगत्तै स्थानीयहरु बाजागाजासहित जावलाखेल आएका थिए ।

      प्रहरीले गुठीका प्रतिनिधिहरुलाई मूर्ति हस्तान्तरण गरेपछि स्थानीयले बाजागाजा र अबिर लगाइदिंदै खुसी साटे । उक्त मूर्तिलाई सुनाकोठी नै लगिएको छ । प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले प्रहरी प्रशासनको दबावमूलक अनुसन्धान, प्राथमिकता र स्थानीयको जागरुकताको कारण मूर्ति फेला परेको बताए ।

      पित्तलबाट बनाइएको दुई फिट अग्लो र डेढ फिट चौडाइको बालकुमारीको मूर्ति यही माघ ८ गते चोरी भएको थियो । मूर्ति चोरीमा संलग्नहरुबारे ललितपुर प्रहरी र अपराध महाशाखाले अनुसन्धान गरिरहेको छ ।

        कमेन्टहरु