अर्थ

    तोलामा १०० रुपैयाँले बढ्यो सुनको भाउ

    जगत ठाडा मगर
    २०७८ माघ २८ | बिहान ११:१० बजे

      काठमाडौं, माघ २८ । नेपाली बजारमा आज सुनको भाउ १०० रुपैयाँले बढेको छ ।

      नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन बिहीबार प्रतितोला ९३ हजार ९०० रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य शुक्रबार ९४ हजार रुपैयाँ पुगेको हो । यस्तै, तेजाबी सुनको मूल्य समेत आज तोलामा एक सय रुपैयाँले नै बढेर ९३ हजार ५०० रुपैयाँ पुगेको छ ।

      यता, चाँदीको मूल्य भने आज स्थिर रहँदै गत बिहीबार कै मूल्य प्रतितोला एक हजार २८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

        कमेन्टहरु