समाज

    पत्रकार महासंघ रूकुम पश्चिमकाे भवन प्रयाेगमा ल्याइने

    जगत ठाडा मगर
    २०७८ माघ २८ | बिहान १०:१० बजे

      रुकुम । नेपाल पत्रकार महासंघ रुकुम शाखाको भवन व्यवस्थापनको काम हुने भएको छ । निर्माण भएको लामो समयसम्म पनि प्रयोग विहिन रहेको भवन प्रयोग र व्यवस्थापनको लागि पुर्व पदाअधिकारी, बिभिन्न पेशागत संघ–संगठनहरुका प्रमुखहरुसंग छलफल गरि भवन व्यवस्थापनको काम हुने भएको हो ।

      बिहिबार बसेको पत्रकार महासंघ जिल्ला शाखाको चौथो बैठकले भवन निर्माण भएपनि प्रयोग नहुदा जिर्ण भन्दै गएकाले भवन प्रयोगका लागि छलफल चलाउने निर्णय गरेको हो ।

      त्यस्तै बैठकले पत्रकार अक्षयकोष नियमावली–२०७८ पारित गरेको छ । कार्य समितिले एक वर्षमा गरेका गतिबिधिको समिक्षा पनि बैठकले गरेको छ । जिल्लामा क्रियाशिल पत्रकारहरुको क्षमता अभिबृद्धिको लागि जिल्ला स्तरीय तालिम संचालन गर्ने निर्णय गर्नुका साथै आठबीसकोट नगरपालिकामा रहेको रेडियो नयाँ नेपालमा कार्यरत पुर्व कर्मचारीले लामो समयसम्म तलव नपाएकाले रेडियो संचालन समितिलाई तलव दिन अनुरोध गरिएको छ ।

        कमेन्टहरु