सर्वोपरी नेता चौधरीद्वारा दलित बस्तीमा कम्बल बितरण


महेश सिंह
सिरहा । हितकारी युवा नेता महेश चौधरीले लहान नगरपालिका वाडा नम्बर २१ बेतहा जगतपुरमा अतिबिपन्न समुदायलाई कम्बल सहयोग गरेका छन्।
उनले श्रीमती गुमाए पस्चात श्रीमती गुमाएको दिनको सम्झाना गरेर प्रत्येक महिनाको २२ गते गरिब दलित अपाङ्ग, एकल महिला असहाय अतिबिपन्न समुदायमा समस्या अर्थात आवश्यकता अनुसारको सहयोग गर्दै आएका छन्।
सर्बोपरी नेता महेश चौधरीले आफू बाचुन जेल सम्म समाजसेवामा अभारी रहेने बाचा गरेका छन् । सर्बमान्य नेता चौधरीको दिन चर्या नै समाजसेवा र समाजको हितमा काम गरेर दिन बिताउने गरेको छ् । स्वर्गीय संगिता कर्माचार्यकी छोरा अभिषेकले पनि आमाको सम्झनामा बुवा संग समाजसेवामा साथ दिएका हुन्।
लहानका विभिन्न वडा हुदै लहान २१ बेतहा जगतपुरमा ३० घर घुरीलाई कम्बल बाडेका छन । स्थानीय काङ्ग्रेसका वरिष्ठ नेता तथा काङ्ग्रेस बुझेका पुरानो नेता सुर्य नारायण यादवको पहमा उक्त बस्तीमा कम्बल वितरण गरेको हो । वितरण कार्यक्रममा काङ्ग्रेसको युवा नेता गोपाल कृष्ण यादवको समेत उपस्थिति रहेको थियो।
स्थानीय विद्यार्थी सत्यनारायण दासले आफनो समाज प्रतिको मोह बाल्यकाल देखि राख्ने गरेको सहयोगी महेश्वरी चौधरीले जानकारी दिनु भयो । वरिष्ठ नेता यादबका अनुसार यस्ता सहयोगी नेताहरुलाई हामीले सहयोग गर्नु हाम्रो दायित्व रहेको बताए।





