मुख्य समाचार

    जुत्ता चप्पलको गोदाममा आगलागी हुँदा ५ जनाको मृत्यु

    जगत ठाडा मगर
    २०७८ माघ २८ | बिहान ०९:१० बजे

      दाङ, माघ २८ । दाङको तुलसीपुरस्थित इरम फुटवेयर जुत्ता चप्पलको गोदाममा आगलागी हुँदा ५ जनाको मृत्यु भएको छ । गएराति पौने २ बजेदेखि तुलसीपुर ५ ‘ङ’ लाइनमा रहेको इरम फुटवेयर चप्पल गोदाम घरमा भएको आगलागीमा परेर एक महिला, २ पुरुष र दुई बालबालिकाको मृत्यु भएको प्रहरीले बताएको छ ।

      मृत्यु हुनेमा १३ वर्षीया सजिाता खातुन, १४ वर्षीय हसन बकस, १५ वर्षीय मसिन बकस, ४० वर्षीय नजरदिन अली, पाँच वर्षीय, अबिददिन अलि रहेको प्रहरी जनाएको छ । मृतकहरुको शव जलेको अवस्थामा निकालिएको छ । मृतकको शव अहिले तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा लगिएको प्रहरीले बताएको छ ।

      घाइतेहरुको पनि राप्ती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ । आगो अहिले नियन्त्रणमा आएको छ । आगोलाई नियन्त्रणमा लिन तुलसीपुर उपमहागनरपालिकाको दमकल, घोराही उपमहानगरपालिकाको दमकल, जनपथ प्रहरी, सशस्त्र प्रहरी, नेपाल आर्मी, स्थानीयबासीले प्रयास गरेका थिए । विद्युत सर्ट भएर आगो लागेको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान रहेको छ ।

        कमेन्टहरु