आइएसएल खेल्ने पहिलो नेपाली खेलाडी बने अनन्त तामाङ

जगत ठाडा मगर
२०७८ माघ २८ | बिहान ०८:१० बजे

काठमाडौं, माघ २८ । नेपाल राष्ट्रिय फुटबल टोलीका डिफेन्डर अनन्त तामाङ इन्डियन सुपर लिग (आइएसएल) क्लब इस्ट बंगानमा आगामी सिजनका लागि अनुबन्ध भएका छन् । अनन्तले बिहीबार आईएसएलको बाँकी सिजनका लागि सम्झौता गरेका हुन् ।
जारी ए डिभिजन लिगमा थ्री स्टार क्लबबाट खेल्दै गरेका अनन्तले बाँकी आइएसएलका चार खेलमा इस्ट बंगानको प्रतिनिधित्व गर्नेछन् । उनले ललितपुरको थ्री स्टार क्लबबाट फुकुवा पत्रसमेत लिइसकेका छन् । जारी आइएसएलमा अनन्तले चार खेलमा प्रतिनिधित्व पाउनेछन् । हाल क्लब तालिकाको पुछारमा रहेको छ ।
उनी अर्को साता भारत जाँदैछन । यद्यपि, क्लब तथा खेलाडी दुबैले आधिकारिक रूपमा अनुबन्ध भएको घोषणा भने गरेका छैनन् । तर भारतीय अनलाइन मिडियाले दुईतर्फी सम्झौता भएको बताइएको छ । यस सम्झौतासँगै २४ वर्षीय अनन्त आइएसएल खेल्ने पहिलो नेपाली खेलाडी भएका छन् ।





