कर्मचारीको मृत्यु भएपछि विराटनगर महानगरपालिका आज बिदा

जगत ठाडा मगर
२०७८ माघ २८ | बिहान ०७:१० बजे

विराटनगर । सरसफाइ कर्मचारीको मृत्यु भएपछि विराटनगर महानगरपालिकाभित्र शुक्रबार शोक बिदा दिइएको छ।
सरसफाइ कर्मचारी ज्योति मेहतरको मृत्युको शोकमा महानगरपालिकाले बिदा दिएको हो। महानगरपालिका, नगर कार्यपालिकाको कार्यालय र मातहतका सबै वडा कार्यालयहरुमा बिदा दिइएको महानगरका सामान्य प्रशासन महाशाखा प्रमुख अर्जुन थपलियाले जानकारी दिए।
महानगरको कुचिकार पदमा कार्यरत मेहतरको मृत्यु गत मंगलबार भएको थियो। महानगरपालिकाको कार्यालयमा बिहान ११ बजे शोकसभा आयोजना गरेर एक दिन शोक बिदा दिने निर्णय भएको थपलियाले बताए । बिदाका दिन महानगर लगायत मातहतका कार्यालयको सेवा बन्द रहने छन्।





