मौसम

    आज यी तीन प्रदेशमा वर्षाको सम्भावना

    जगत ठाडा मगर
    २०७८ माघ २८ | बिहान ०७:१० बजे

      काठमाडौं । तीनवटा प्रदेशमा आज वर्षा र हिमपातको सम्भावना रहेको छ ।

      वाग्मती, गण्डकी र प्रदेश–१ का पहाडी भू–भागका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

      आज दिउँसो प्रदेश–१, वाग्मती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ । यी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको विभागले जनाएको छ ।

      आज राति प्रदेश १, वाग्मती र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागको मौसम सामान्यतया सफा रहनेछ । प्रदेश–१ को पहाडी भू–भागका एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

      प्रदेश–१ का उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको विभागले जनाएको छ ।

        कमेन्टहरु