देश

    धनगढीमा जन्ती बोकेको ट्र्याक्टर दुर्घटना, ७ जना घाइते

    जगत ठाडा मगर
    २०७८ माघ २८ | बिहान ०७:१० बजे

      कैलाली । धनगढीमा जन्ती बोकेको ट्र्याक्टर दुर्घटना भएको छ। बिहीबार राति धनगढी उपमहानगरपालिका-१४ सि गाउँमा सुपप्र ०१०२ त ५३७२ नम्बरको जन्ती बोकेको ट्र्याक्टर दुर्घटना भएको प्रहरीले बताएको छ।

      जन्ती बोकी मनहेराबाट हसुलिया जाने क्रममा ट्र्याक्टर अचानक पल्टिएको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरीयाले जनाएको छ।

      दुर्घटनामा घाइते भएका ७ जनामध्ये ४ जनाको अवस्था मध्यम र ३ जनाको अवस्था सामान्य रहेको बताइएको छ। ट्र्याक्टर चालक मनहेराका ३० वर्षीय विष्णु चौधरीलाई ट्र्याक्टरसहित जिल्ला प्रहरी कार्यालय कैलालीले नियन्त्रणमा लिएको छ।

        कमेन्टहरु