देश

    जन्ती बोकेको ट्रयाक्टर दुर्घटना, १ को मृत्यु, १९ जना घाइते

    जगत ठाडा मगर
    २०७८ माघ २८ | बिहान ०६:१० बजे

      उदयपुर । उदयपुरमा जन्ती सवार ट्रयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १९ जना घाइते भएका छन्। उदयपुरगढी गाउँपालिका-७ स्थित मदनभण्डारी लोकमार्गमा बिहीबार प्र २-०१- ००१ त १०९६ नम्बरको ट्रयाक्टर दुर्घटनामा परेको हो।

      जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायब उपरीक्षक बेदप्रसाद गौतमका अनुसार दुर्घटनामा परेर त्रियुगा १४ का १९ वर्षीय मिलन मग्रातीको मृत्यु भएको छ।

      त्रियुगा नगरपालिका-१६ रातापानीबाट जन्ती बोकेर बेहुलीको घर नेपालटारतर्फ जाँदै गरेको ट्रयाक्टर दुर्घटनामा परेको हो। घाइतेहरुको जिल्ला अस्पताल गाईघाटमा उपचार भइरहेको छ। केही घाइतेको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।

        कमेन्टहरु