जोटाको दुई गोलमा लिभरपुल विजयी

जगत ठाडा मगर
२०७८ माघ २८ | बिहान ०६:१० बजे

काठमाडौ । डिअगो जोटाको दुई गोलको मद्दतमा लिभरपुलले बिहीबार राति भएको इंग्लिस प्रिमियर लिगमा लेस्टर सिटीलाई २-० अन्तरले पराजित गरेको छ।
जोटाले ३४औं र ८७औं मिनेटमा गरेको दुई गोलसँगै लिभरपुलले १५औं जीत निकाल्दा शीर्ष स्थानको म्यानचेस्टर सिटीसँगको अग्रता दूरी घटाएको हो।
यस खेलबाट अफ्रिका कप अफ नेसन्स खेल्न इजिप्ट पुगेका मोहम्मद सलाह टोलीमा फर्किएका छन्। जीतसँगै लिभरपुल २३ खेलबाट ५१ अंकसहित दोस्रो स्थानमा यथावत छ।
लेस्टर भने २१ खेलबाट २६ अंकसहित १२औं स्थानमा छ । शीर्ष स्थानको सिटी २४ खेलबाट ६० अंकसहित लिभरपुलभन्दा माथि छ।





