मुख्य समाचार

    सशस्त्र प्रहरी उपरीक्षक क्षेत्री जिल्लामा आएदेखि तस्करीमा कडाइ, एक महिना भित्रमा करिब पचास लाख राजश्व दाखिला

    जगत ठाडा मगर
    २०७८ माघ २८ | बिहान ०६:१० बजे

      रबिन्द्र यादव
      नवलपरासी । नवलपरासी जिल्लाको बिभिन्न स्थानबाट करीब ४९ लाख १६ हजार दुई सय ८५ रूपैयाँ मुल्य बराबरको अवैध मालसामान सशस्त्र प्रहरीले बरामद गरेको छ ।

      सशस्त्र प्रहरी बल नेपाल २६ नं गण हेड क्वाटर नवलपरासी पश्चिम मातहत बोर्डर आउट पोष्ट र सुरक्षा वेश क्याम्पहरुबाट विभिन्न ठाउँमा खटि आएको ड्युटी, पैदल गस्ती, मोवाईल गस्ती, चेकप्वाइन्ट टोलिले माघ महिनामा अबैध रुपमा भन्सार छलि ओसार पसार गर्दै आएको अवस्थामा ४९ लाख १६ हजार दुई सय ८५ रूपैयाँ बराबरको मालसामान बरामद भन्सार पठाएको हो ।

      बरामद मालसामान आवश्यक कार्यवाहीका लागी राजश्व चुहावटको आशङ्कामा थप अनुसन्धान तथा दाखिलाको लागी राजश्व अनुसन्धान कार्यालय बुटवल र महेशपुर भन्सार बुझाईएको सशस्त्र प्रहरी नेपाल गण नं २६ बेलाशपुर नवलपरासी पश्चिमका सुचना अधिकारी माधव रेग्मीले बताए ।

      जिल्लामा सशस्त्र प्रहरी उपरीक्षक रूप कुमार क्षेत्री आएदेखि सिमा क्षेत्रमा चोरी तस्करीमा निगरानी बढाइएको हो । चोरी पैठारी रोक्न गण नं २६ मातहत रहेका सम्पुर्ण बोर्डर आउट पोष्ट र कमान्ड पोष्टलाई निर्देशन दिइएको क्षेत्रीले जानकारी दिनुभयो ।

        कमेन्टहरु