देश

    काठमाडौं उपत्यकामा मात्र थप ३२९ जनामा कोरोना संक्रमण

    जगत ठाडा मगर
    २०७८ माघ २७ | मध्यान्ह ०६:१० बजे

      काठमाडौं, माघ २७ । पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा थप ३ सय २९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । तीमध्ये काठमाडौंमा २ सय ३५, ललतिपुरमा ६४ र भक्तपुरमा ३० जनामा संक्रमण पुष्ट भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

      देशभर कुल १ हजार ३६९ जनामा संक्रमण पुष्टि भएको हो। यस्तै उपत्यकामा कुल १२ हजार ६५ जना सक्रिय संक्रमित रहेका छन्। जसमध्ये काठमाडौंमा ७ हजार १७०, ललितपुरमा ३ हजार ४३१ र भक्तपुरमा १ हजार ४६४ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ।

      देशभर २९ हजार ४ जना संक्रमित रहेको मन्त्रालयले जनाएको छ।

        कमेन्टहरु