देश

    पछिल्लो २४ घण्टामा १३६९ जनामा कोरोना संक्रमण पुष्टि, १२ जनाको मृत्यु

    जगत ठाडा मगर
    २०७८ माघ २७ | मध्यान्ह ०५:१० बजे

      काठमाडौं, माघ २७ । पछिल्लो २४ घण्टामा देशभर १३६९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार ११ हजार ८८० नमुना परीक्षण गरिएकोमा उक्त संख्यामा पुष्टि भएको हो ।

      आज कोभिड संक्रमणबाट थप १२ जनाको मृत्यु भएको छ । भने सोही अवधिमा २२३८ जना संक्रमणमुक्त भएका छन् । सक्रिय संक्रमित संख्या २९ हजार ४ पुगेको छ ।

      यस्तै पछिल्लो २४ घण्टामा २ लाख २० हजार ६०१ जनाले खोप लगाएका छन् ।

        कमेन्टहरु