राजनीति

    माओवादी केन्द्रको केन्द्रीय समिति बैठक अनिश्चितकालका लागि स्थगित

    जगत ठाडा मगर
    २०७८ माघ २७ | मध्यान्ह ०४:१० बजे

      काठमाडौं । माघ २८-२९ मा बोलाइएको नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक अनिश्चितकालका लागि स्थगित भएको छ । कोभिडका कारण बैठक स्थगित भएको माओवादी केन्द्रीय कार्यालयका मुख्यसचिव श्रीराम ढकालले जानकारी दिए ।

      ‘२५ जना भन्दा बढी भेला हुन नपाइने नियम अहिले पनि लागू छ,’ उनले भने, ‘सत्तारुढ दल भएकाले सरकारले घोषणा गरेको नियम उल्लंघन गरेर बैठक गर्नुभन्दा केही दिन पर्खिने कुरा भयो ।’ कोभिड संक्रमण कम भएपछि परामर्श गरेर बैठक राखिने ढकालको भनाइ छ ।

      माओवादी केन्द्रले यसअघि पनि कोभिडको कारण देखाउँदै पटक-पटक बैठक स्थगित गरेको थियो । माओवादीले अध्यक्ष बाहेकका पदाधिकारी निर्वाचित गर्न बाँकी छ ।

        कमेन्टहरु